Tamang Buddhist Federation Nepal | July 28, 2025
काठमाडौँ बौद्ध- मिति २०८२ साल श्रावण १२ गतेका दिन धर्मचक्र प्रवर्द्धन दिवस (ढुक्पा छेश्यी) को पावन अवसरमा तामाङ बौद्ध महासंघ नेपालद्वारा आयोजना गरिएको पूजा एवं धार्मिक कार्यक्रममा खिचिएका तस्बिरहरू ।




यस कार्यक्रममा श्रद्धेय धर्मगुरुहरू, आजीवन सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू तथा अन्य धार्मिक सदस्यज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमकै क्रममा केही महिना अघि तामाङ बौद्ध महासंघ नेपालद्वारा आयोजित २१५२औं ग्याल्पो लोसार सांस्कृतिक समारोह तथा सम्मान कार्यक्रम २०८१ मा सम्मानित गरिनुपर्ने तर उहाँहरूको कार्यव्यस्तताको कारणले उपस्थित हुन नसक्नुभएका विशिष्ट व्यक्तित्वहरूलाई आजको दिन विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो।


उक्त सम्मान तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष तथा श्रद्धेय बौद्धधर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङज्यूले प्रदान गर्नुभएको थियो।
सम्मानित व्यक्तित्वहरूमा:
१. वरिष्ठ समाजसेवी तथा तामाङ बौद्ध महासंघ नेपालका सल्लाहकार टाशी कुमार लामा लो ज्यू



२. तामाङ बौद्ध महासंघ नेपालका आजीवन सदस्य लनम दोर्जे तामाङ ज्यू हुनुहुन्थ्यो।



तामाङ बौद्ध महासंघ नेपालको तर्फबाट उहाँहरू दुबैजना सम्मानित व्यक्तित्वहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछौं। थुजेछे लास्सो
Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026