Tamang Buddhist Federation Nepal | March 10, 2025
धर्म गुरु खेन्पो सर्वजित गोङ्बा तामाङलाई सम्मान ।

तामाङ बौद्ध महासंघ नेपालका पूर्व उपाध्यक्ष श्रदेय बौद्ध धर्म गुरु खेन्पो सर्वजित गोङ्बा तामाङ ज्यूलाई उच्च सम्मानका साथ मूल्याङ्कन गर्दै मिति २०८१ फागुन २४ गते विशेष सम्मान प्रदान गरिएको छ।

यो सम्मान हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५२ औँ राष्ट्रिय ग्याल्पो लोसारको शुभ अवसरमा तामाङ बौद्ध महासंघ नेपाल (TAMANG BUDDHIST FEDERATION NEPAL) द्वारा आयोजना गरिएको राष्ट्रिय ग्याल्पो लोसार सांस्कृतिक समारोह एवं सम्मान कार्यक्रम २०८१ कार्यक्रममा प्रदान गरिएको हो।

धर्म गुरु खेन्पो सर्वजित गोङ्बा तामाङ ज्यू बौद्ध धर्मको प्रचार-प्रसारमा लामो समयदेखि समर्पित रहनु भएको एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ। उहाँले महायानी बौद्ध परम्परालाई प्रवर्द्धन गर्दै समुदायलाई अध्यात्मिक मार्गनिर्देशन प्रदान गर्दै आउनुभएको छ। तामाङ बौद्ध महासंघ नेपालले उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै ग्याल्पो लोसारको ऐतिहासिक अवसरमा यो सम्मान अर्पण गरिएको हो।

यस सम्मान समारोहमा विभिन्न बौद्ध धर्म गुरु, बौद्ध अनुयायी, तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरू तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026