Tamang Buddhist Federation Nepal | December 26, 2024
कुनै पनि धर्म भनेको मानव जीवनलाई सुखी बनाउन र समाजलाई अनुशासित बनाउन बनेको नियमहरुको संगालो हो । ढुंगे युगमा मानिस रहेको अवस्थामा धर्म,आचार र नियम केही थिएन । त्यसैले उनिहरु प्रकृतिको पूजा गर्दथे । विशेष गरि सर्पले डसेर मर्ने हुँदा सर्पको पूजा, चट्याङ लागेर मर्ने हुँदा चट्याङको पूजा आदि गर्दथे । त्यसबखत मानिस शक्तिको पुजारी भएको देखिन्छ । ढुंगे युगबाट क्रमशः कृषि युगमा प्रवेश गर्दै जाने क्रममा मानिसहरू समाजमा बस्न थालेपछि समाजलाई नियमवद्ध गर्नुपर्ने अवस्था आयो ।र त्यही समयमा समाजमा अन्य सामान्य मान्छेभन्दा बौद्धिक रुपले सबल भएका मानिसहरुले समाजलाई ज्ञानगुनका कुरा सिकाउन थाल्यो । उसले समाजलाई संचालन गर्ने तरिकादेखि व्यक्तिगत आचारका कुराहरू समेत सिकाउन थालेको देखिन्छ । त्यही नियम नै कालान्तरमा धर्म भनिन थाल्यो । नियम संकलन गर्दै जाँदा धर्मशास्त्र बन्यो र विभिन्न धर्महरुको उत्पती भयो र हुने क्रम आज पनि जारी छ । जंगली अवस्थामा रहेका मानिसहरु हिंसक स्वभावका हुने भएकाले उनिहरुलाई पाप र धर्मका कुरा गरि सहि बाटोमा डोर्याउन धर्म सफल भयो ।

तामाङ जाति सोझार ईमानदार जाति हो । तामाङ जाती पनि पहिले प्रकृतिकै पूजक भएको तर पछि आफ्नै पू्र्खाहरुको समेत पूजा गरेको पाईन्छ । कालान्तरमा बौद्ध धर्म ग्रहण गरेको पाईन्छ । तर बौद्ध धर्म अनुशरण गरेपनी पुर्ण रुपबाट नियमबद्ध तरिकाले अनुशरण गरेको पाईदैन । बौद्ध धर्मलाई हाम्रा पुर्खाहरुले तामाङकरण गरेर मानिरहेको देख्न सकिन्छ । तामाङकरण भनेको आफ्नो पुरानो प्रकृति पूजा ,पुर्खालाई पनि पूजा गर्ने र साथै बौद्ध धर्मलाई पनि स्विकार गरेर आफ्नोपन दिएर मानेको हो । र यसरी सदियौं सम्म तामाङहरुले बौद्ध धर्मलाई आफ्नै तरिकाले मान्दै आएको हामी देख्छौ । र यसरि हाम्रो नेपाली तामाङहरुमा छुट्टै धर्म,संस्कृति र संस्कारको विकास भयो । त्यो विश्वको अन्य जाति र सम्प्रदायको भन्दा आफ्नै मौलिक र विशिष्ट प्रकारको छ । र विश्वमा हामी तामाङहरुको छुट्टै परिचय र पहिचान छ । हाम्रो जन्म, न्वारान ,विहे र घेवाको विश्वका अन्य जातिको भन्दा छुट्टै तरिका छ । जसले हामिलाई विश्वका अरबौ मानिसको विचमा छुट्टै identity दिन्छ ।



नेपाली तामाङ भनेर हाम्रो छुट्टै नाम र सम्मान छ । तर हाल तामाङहरुको जन्मदेखी मृत्यु सम्मका कतिपय संस्कारहरुलाई विभिन्न लामा गुरुहरुले सुधार गर्दै लैजानू भाको छ । कम खर्चिलो बनाउन र विकृति हटाउन घेवामा जाँडरक्सी बन्द गराउने जस्ता नियमहरु बनेका छ्न ,जुन प्रशंसनीय छ । अझै थुप्रै सुधारहरु हुनु आवश्यक छ ।

अब आयो कुरा धर्म परिवर्तनको । केहि समयदेखि हाम्रो देशको विशेषगरि अशिक्षित , गरिबी समुदायमा विभित्र तरिकाले धर्म परिवर्तन गराउन विदेशतिरबाट प्रयास र पहल भईरहेको देख्न सकिन्छ । पहिले हाम्रो देशको संविधानले हिन्दु र बौद्ध बाहेक अन्य धर्मलाई बाहेक अन्य धर्मलाई प्रचार गर्न प्रतिबन्ध लगाएपनी हाल धर्मनिरपेक्षताको व्यवस्था संविधानमै गरेकाले अन्य धर्महरु प्रचार र प्रसार भईरहेका छ्न । हाल नेपालमा ईसाई, ईस्लाम र वहाई धर्मको प्रचारप्रसारमा निकै जोडतोडका साथ भैरहेको देख्न सकिन्छ ।
अब प्रश्न उठछ ,धर्म प्रचार र प्रसारमा किन यति धेरै विदेशीहरु सक्रिय भएर लागिरहेका छन ? यसबाट उनिहरुलाई के फाईदा हुन्छ ? हामी सारा नेपालीहरुलाई आफ्नो धर्ममा प्रवेश गराएर हाम्रो लागि स्वर्गमा घडेरी फ्री मा पक्का गरिदिनका लागि हो त ? भन्ने प्रश्न आउँछ ।
त्यसैगरी किन हामिलाई पैसा दिन्छ ? किन गर्छ्न त हामिलाई फ्रीमा औसधि ? किन दिन्छ्न हामिलाई मोटामोटा पुस्तक फ्रीमा ? किन दिन्छ्न हाम्रा छोराछोरीलाई छात्रवृत्ति ? धर्म प्रचारप्रसार गर्नेहरुको जीवनस्तर दुईचार वर्षमै यस्तो किन उच्च हुन्छ ? सोच्दा अचम्म लाग्छ ।
आजकालको जमानामा केही न केही स्वार्थ नराखी कसैले केही गर्दैन । हरेक कुरामा स्वार्थ लुकेको हुन्छ ।
तर के स्वार्थ होला त ? आउनुस ,यो कुरा बुझ्ने प्रयास गरौँ ।
प्रथम र द्वितीय विश्वयुद्ध ताका साम्राज्यवादी शक्तिहरुले धेरै देशहरु कब्जा गरेर त्यहाँ आफ्नो कठपुतली सरकार चलाए । र ती देशहरुमा आर्थिक,सामाजिक,साँस्कृतिक र धार्मिक शोषण गरे । दास बनाए । तर विश्व युद्ध पश्चात् हरेक देशहरूका जनताले स्वतन्त्रता संग्राम गरे । त्यसपछि देशहरू स्वतन्त्र हुँदै गए ।
समय बित्दै गयो । अब पहिले जस्तो सिधै सेना लगाएर देश कब्जा गर्ने र अरुको देशहरुलाई शोषण युग समाप्त भयो । अब कुनैपनि देशलाई कब्जा गर्न र त्यहाँ शोषण गर्न सम्भव भएन ।
त्यसपछि साम्राज्यवादीहरुले नयाँ रणनीतिको बनाए । कुनैपनि अविकसित र गरिब देशहरूलाई आर्थिक सहयोग गरेर त्यसलाई आफ्नो कठपुतली बनाउने र आफ्नो ईशारामा नचाईरहने र साथै त्यो देशमा धर्म प्रचार गरेर त्यहाँको धर्म संस्कृति नष्ट गरेर त्यहाँ आफ्नो धर्म संस्कृति लाद्ने र आफ्नो ईशारामा नचाईरहने र आर्थिक,सामाजिक, धार्मिक र सांस्कृतिक शोषण गरिरहने । यसरी पहिलेको समयमा युद्धले गर्ने काम हाल धर्मले गरिरहेको देख्न सकिन्छ ।
भारतलाई कब्जा गर्न अंग्रेजहरुले बाईबल र बन्दुक दुबै साथमा ल्याएका थिए भनेर भारतको इतिहासमा पढन सकिन्छ । नेपालको इतिहास पढदा नेपालमा पृथ्वीनारायण शाहले नेपाल विरुद्ध गतिविधि गरेकै कारण ईसाईहरुलाई देश निकाला गरेको कुरा उल्लेख छ । २०४६/४७ ताका नेपालका चर्चहरुमा पाष्टरहरुले काँग्रेसलाई भोट हाल्न व्हिप जारी गर्ने गरेको कुरा आएको थियो । तर हाल नेपालको ईसाईहरुले जनजागरण नामक पार्टी खोलेका छ्न र विगत संविधान सभा चुनावमा समानुपातिक तर्फबाट एउटा सिट पनि प्राप्त गरेको थियो । यसरी नेपालको विगत देखि वर्तमान सम्म खोतलेर हेर्दा ईसाई धर्मले राजनीतीमा प्रवेश गरेर राज्यव्यवस्थालाई आफ्नो अनुकुल चलाउन प्रयास गरिरहेको देखिन्छ । यसरी माथीका ऐतिहाँसिक प्रमाणहरुको आधारमा निष्कर्ष के निस्कन्छ भने हामी सबै नेपालीहरुलाई फ्रीमा स्वर्ग पठाउन उनीहरु आएका हैनन । उनीहरुको 100%स्वार्थ छ । त्यसैले यो कुरालाई सबैले बेलैमा मनन गर्ने हो कि ? आफ्नै बाजे पुर्खाले मानीआएको धर्म र संस्कारलाई सुधार गरेर मान्ने हो कि ? यसमा तपाईंको ईच्छा ।
लेखकः सुनिल लो (पहाड्घर:रामेछाप, गागल हाल: कञ्चनपुर )
Categories: News
Tags:
November 25, 2025
November 11, 2025