Tamang Buddhist Federation Nepal | January 6, 2026
तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालित तीन महिने निःशुल्क बौद्ध धर्म प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ७, पोङथी काफलडाँडामा तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो।

शिविरको व्यवस्थापन ड्रूक म्हानिपा समूहले गरेको थियो भने प्रशिक्षकलाई प्रदान गरिने मसलन्त खर्च पिस हिल लमजुङ र नमो बुद्ध धर्म सेन्टर, हङकङको प्रायोजनमा गरिएको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष श्रद्धेय धर्मगुरु खेन रिम्पोक्षे गेशे ङिमा तामाङज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रम महासचिव दिनेश कुमार तामाङज्यूको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका कार्यालय व्यवस्थापक प्रसाद लो, धार्मिक सदस्य रामबहादुर सिङतान तामाङज्यू तथा विशेष अतिथिका रूपमा वडा सदस्य चन्द्र मोक्तान तामाङज्यूको उपस्थिति रहेको थियो। वडा सदस्य मोक्तानले स्वागत मन्तव्यसहित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।


कार्यक्रममा म्हानिपा आमा समूहसहित विभिन्न धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त अवसरमा धर्मगुरु खेन रिम्पोक्षे गेशे ङिमा तामाङज्यूले बौद्ध धर्मसम्बन्धी प्रवचन प्रदान गर्नुभएको थियो। तीन महिने धर्म प्रशिक्षण शिविरमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन धर्मगुरु ज्ञानबहादुर तामाङ (हिशे लामा) प्रशिक्षकका रूपमा रहनुहुनेछ। उहाँले उद्घाटनको दिनदेखि आगामी तीन महिनासम्म नियमित प्रशिक्षण प्रदान गर्नुहुनेछ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थी म्हानिपा आमा समूहलाई तीन महिनासम्म अध्ययन–अध्यापनका लागि आवश्यक धर्मपुस्तकहरू धर्मगुरुज्यूबाट वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो।


















Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026