Tamang Buddhist Federation Nepal | November 11, 2025
सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङ घ्याङ गुम्बामा तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालित तीन महिने निःशुल्क धर्म प्रशिक्षण शिविर मिति २०८२ कार्तिक २२ गते औपचारिक रूपमा सम्पन्न भएको छ।

समापन समारोहमा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष श्रद्धेय धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो। कार्यक्रममा महासङ्घका सदस्य नर्बु तामाङ, आजीवन सदस्य तथा सल्लाहकार कृष्णबहादुर तामाङ, कार्यालय व्यवस्थापक प्रसाद लो तामाङ लगायतको सहभागिता रहेको थियो।

उक्त अवसरमा धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङज्यूले बौद्ध धर्मका मूल आधार ‘त्रिरत्न’ सम्बन्धी विशेष धर्म प्रवचन प्रदान गर्नुभएको थियो। कार्यक्रमका क्रममा प्रशिक्षण शिविरको व्यवस्थापन र सहजीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका घुम्थाङ गुम्बाका अध्यक्ष ज्ञानबहादुर तामाङलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो।

त्यसैगरी, प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई खेन रिन्पोक्षेको बहुलीबाट प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। तीन महिनासम्म सञ्चालन गरिएको उक्त निःशुल्क धर्म प्रशिक्षण शिविरका शिक्षकलाई मसलन्त खर्च स्वरूप रु. ३०,००० रकम महांकाल गाउँपालिका -४, बतासे डाँडाका दोय रामबहादुर थोकर र गोरी थोकरले प्रायोजन गर्नुभएको हो।







Categories: News
Tags:
November 25, 2025
November 11, 2025