Tamang Buddhist Federation Nepal | January 25, 2025
सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका प्रमुख राजु लामा ज्यू तामाङ बौद्ध महासंघ नेपालको केन्द्रीय कार्यालय बौद्धमा आउनु भएको छ।

उहाँलाई तामाङ बौद्ध महासंघ नेपालका वरिष्ठ सल्लाहकार कृष्णा बहादुर लामा, महासचिव हरिश गोले तामाङ, कोषाध्यक्ष पेमा ग्यात्सो तामाङ, तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान नेपालका सचिव रुबी योन्जन तामाङ, र केन्द्रीय सदस्य एवं तामाङ भाषा किताब लेखक डोल्मा योन्जन तामाङ ज्यूले प्रमुख राजु लामालाई स्वागत गर्नुभएको थियो।

भेटघाटको क्रममा तामाङ समुदायका भाषा, लिपि, धर्म संस्कार, र संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा व्यापक छलफल भएको थियो भने गाउँपालिका प्रमुख राजु लामा ज्यूले आफ्नो धारणा प्रस्तुत गर्दै तामाङ समुदायको संस्कृति र पहिचानलाई अझ बलियो बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो।

Categories: News
Tags:
November 25, 2025
November 11, 2025