Tamang Buddhist Federation Nepal | January 12, 2025
शैलुङ दोरम्बा गाउँपालिका रामेछापमा तीन महिने निःशुल्क बौद्ध धर्म प्रशिक्षण शिविर सुरु हुने भएको छ ।

नेपाल सरकारको स्थानीय तहका जनप्रतिनिधि सैलुङ दोरम्बा गाउँपालिका वडा नं ७ का सदस्य श्री चन्द्रबहादुर मोक्तान तामाङ ज्यू तामाङ बौद्ध महासंघ नेपालको केन्द्रीय कार्यालय बौद्धमा आउनु भई महासचिव हरिश गोले तामाङ ज्युसंग भेट गरी धर्म, संस्कार, संस्कृति, भाषा सम्बन्धी गम्भीरता पूर्वक छलफल गर्नुभएको थियो।

उहाँले तामाङ समाजमा दिनहुँ भइरहेको धर्मान्तरणको विषयमा चासो र चिन्तन समेत व्यक्त गर्नुभएको थियो भने दोरम्बा गाउँपालिकामा छिटोभन्दा छिटो तीन महिने बौद्ध धर्म प्रशिक्षण शिविर चलाउनुपर्ने र त्यसको लागि त्यहाँका जनसमुदाय र स्थानीय सरकार संग आवश्यक समन्वय आफूले गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ। साथै धर्म प्रशिक्षण शिविरमा सहभागी हुने नामावली समेत महासचिव ज्यूलाई हिजै हस्तान्तरण गर्नुभएको छ।

तामाङ समुदायको भाषा लिपि धर्म संस्कार संस्कृति रिति रिवाजलाई संरक्षण, सम्बर्दन र प्रवर्द्धनका लागि तामाङ बौद्ध महासंघ नेपालले बिगत १ दशक देखी उल्लेखनीय भूमिका निभाई रहेको प्रति आफू निकै खुसी रहेको भावना व्यक्त गर्नुभएको थियो। साथै शैलूङ दोरम्बा गाउँपालिकामा चाडै कमिटी गठन गरेर तामाङ बौद्ध महासंघको शाखा विस्तार गर्न भुमिका निभाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो भने तामाङ भाषा पठनपाठनको लागि स्थानीय सरकारसँग समन्वय गरेर स्कुलहरूमा कार्यान्वयनको लागि तत्काल पहल समेत गरिने बताउनुभएको छ।




Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026