Tamang Buddhist Federation Nepal | December 25, 2024
मकवानपुरको बकैया गाउँपालिकाका अन्तर्गत रहेका विद्यालयहरूमा तामाङ मातृभाषा पढाउने विषयमा बृहत छलफल भएको छ ।

आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै विद्यालयहरूमा तामाङ भाषा अनिवार्य गर्ने लक्ष्यका साथ छलफल प्रक्रिया अगाडि बढाइएको बकैया गाउँपालिकाका तामाङ भाषा समितिका अध्यक्ष जितबहादुर तामाङले बताउनुभयो ।

समितिका अध्यक्ष जितबहादुर तामाङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बकैया गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू लगायत विभिन्न व्यक्तित्व हरूको सहभागिता रहेको थियो । तामाङ भाषा पुस्तककका लेखक एवं तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान नेपालका अध्यक्ष सिंहबहादुर योञ्जन तामाङ ज्युले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो ।

Categories: News
Tags:
November 25, 2025
November 11, 2025