Tamang Buddhist Federation Nepal | November 20, 2024
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान द्वारा आयोजना गरिएको शिक्षक परिचयात्मक तथा तामाङ भाषा शिक्षण अनुभव आदानप्रदान सहजीकरण १ दिने कार्यक्रम २०८१/०७/१० गते बौद्धमा सम्पन्न भएको छ।

यस कार्यक्रममा विभिन्न जिल्ला देखि विभिन्न स्कुलको ५० जना भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष एवं नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानको संरक्षक समेत रहनुभएका श्रद्धेय बौद्ध धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूले तामाङ मातृभाषा सम्भोटा लिपिको विषयमा अन्यौलता र सहजीकरणको विषयमा शिक्षकहरूलाई विशेष प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव साथै सुन्दरी जलस्थित ओख्रेनी माध्यमिक विद्यालयमा तामाङ भाषाको पठनपाठन गर्नु हुने रुबी योन्जन तामाङले गर्नुभएको थियो भने कार्यक्रमको सभापति नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका संस्थापक अध्यक्ष सिंहबहादुर तामाङ ज्यूले गर्नुभएको थियो।

कार्यक्रमलाई थप सहजीकरण र व्यवस्थापन तामाङ बौद्ध महासंघ नेपालका महासचिव हरिश गोले तामाङ, सर्मिला तामाङ, सम्भोटा लिपि विकास प्रतिष्ठानका लेखक तथा केन्द्रिय सदस्य डोल्मा योन्जन तामाङ, बौद्ध निवासी होम घिसिङ तामाङ लगायतले गर्नु भएको थियो ।

















Categories: News
Tags:
November 25, 2025
November 11, 2025