Tamang Buddhist Federation Nepal | January 23, 2025
सिन्धुपाल्चोकका स्कुलहरूमा तामाङ भाषा पठनपाठनको कार्यान्वयन प्रभावकारी हुने क्रममा

सिन्धुपाल्चोकको लिसाङखु पाखर गाउँपालिकामा एक वर्षअघि सबै विद्यालयहरूमा तामाङ भाषा पठनपाठन र कार्यान्वयन गर्ने भनी पालिकस्तरिय निर्णय गरिएको थियो। यो निर्णय गाउँपालिका प्रमुख राजु लामा र उहाँको टिमको सक्रियतामा लिइएको हो। हाल त्यहाँका धेरैजसो विद्यालयहरूमा तामाङ भाषा सम्भोटा लिपिमा पठनपाठन भइरहेको छ।

यस क्रममा, सम्भोटा लिपि विकास प्रतिष्ठान नेपालका सचिव रुबी योन्जन तामाङ, केन्द्रीय सदस्य तथा तामाङ भाषा लेखक डोल्मामाया योन्जन तामाङ, तामाङ बौद्ध महासंघ नेपालका महासचिव हरिश गोले तामाङ र तामाङ सेरोफेरोका टिमले केही विद्यालयहरूको अवलोकन गरेका छन्।



अवलोकनका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरू र अभिभावकसँग तामाङ भाषा पठनपाठनको प्रगतिको समीक्षा गरिएको थियो। तामाङ भाषाको प्रभावकारी कार्यान्वयनले स्थानीय विद्यार्थीहरूलाई आफ्नो मातृभाषा सिक्न र संस्कृतिसँग जोडिन मद्दत पुर्याएको प्रतिक्रिया आएको छ।







गाउँपालिकाको यो कदमले तामाङ समुदायमा मातृभाषा र संस्कृतिप्रतिको आत्मसम्मान बढाएको स्थानीय र अविभावकहरुले बताएका छन्।



























Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026