Tamang Buddhist Federation Nepal | September 9, 2024
तिन महिने निशुल्क धर्म प्रशिक्षण शिविर कार्यक्रम समापन।

बिस्वमै गौरबशाली बौद्ध धर्म दर्शनको शिक्षालाई गाउँ गाउँ बस्ती बस्ती सम्म पुर्याई सु-सभ्य समाज निर्माण गर्ने मूल उद्धेश्यका साथ तामाङ बौद्ध महासंघ नेपाल द्वारा संचालित रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा तिन महिने निशुल्क धर्म प्रशिक्षण शिविर कार्यक्रम श्रद्धेय बौद्ध धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूको प्रमुख आतिथ्यमा दीप -प्रज्वलन, धर्म प्रबचन साथै दिर्घायु अभिषेक पूजापाठ सहित म्हाणिपा आमा समूहलाई प्रमाणपत्र वितरण गरी समापन गरिएको छ ।

कार्यक्रमको व्यवस्थापन र समन्वय टुल्कु छ्योईलिङ गुम्बा धुन्चे र तामाङ बौद्ध महासंघ नेपालका प्रवक्त ल्हाक्पा तामाङले गर्नुभएको थियो।

म्हाणिपा प्रशिक्षक धर्मगुरुहरूलाई मसलान्त खर्च स्वरुप दिइने रु ३००००|-तीस हजार रुपैयाँ प्रायोजक माउण्ट साइपाल फुड प्रालिको टिमबाट प्रोबाईटर श्री नमराज तामाङ ज्यूले प्रशिक्षक धर्म गुरुहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रमको सञ्चालन तामाङ बौद्ध महासंघ नेपालका महासचिव हरिश गोले तामाङ ज्यूले गर्नुभएको थियो।

वरिष्ठ उपाध्यक्ष सोनाम नोर्बु तामाङ ज्यू लगायत कार्यक्रमको थप सहजीकरणका लागी नेपाल तामाङ मातृभाषा संभोटालिपि विकास प्रतिष्ठान नेपालका अध्यक्ष सिंह बहादुर तामाङ,महासंघको केन्द्रिय सदस्य दावा तामाङ धार्मिक तथा सामाजिक अभियन्ता गणेश ग्लान तामाङ, रबि गोले तामाङ र प्रसाद लो तामाङ लगायतले गर्नुभएको थियो।




Categories: News
Tags:
November 25, 2025
November 11, 2025