Buddhist Flag
Tamang Buddhist Federation Nepal

नेपाल महायान बौद्ध मणिपा संघको ११औँ वार्षिक उत्सव सम्पन्न ।

Tamang Buddhist Federation Nepal   |   March 27, 2026

नेपाल महायान बौद्ध मणिपा संघको ११औँ वार्षिक उत्सव सम्पन्न ।

ललितपुर — नेपाल महायान बौद्ध मणिपा संघको ११औँ वार्षिक उत्सव आज २०८२ साल चैत्र १३ गते शुक्रबार ललितपुर महानगरपालिका–१५, लगनखेलस्थित अशोक स्तुपामा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष श्रद्धेय धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

विशेष अतिथिका रूपमा खेन्पो दुइसुम लामा, लोपेन ग्यूर्मी ग्याछो तथा विश्वव्यापी प्रेरणा प्रशिक्षक विकास देव योञ्जनको उपस्थिति रहेको थियो। साथै यस कार्यक्रममा उज्यालो नेपालका प्रतिनिधि चन्दा घिसिङको पनि उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन मणिपा समूहका उपाध्यक्ष कमला तामाङ (ल्हाक्पा डोल्मा) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य महासचिव देवी सिङताना योञ्जनले राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्युले बौद्ध धर्मसम्बन्धी प्रवचन दिँदै संघको ११औँ वार्षिक उत्सवको सफलताको कामना व्यक्त गर्नुभयो। साथै अन्य अतिथिहरू—खेन्पो दुइसुम लामा, लोपेन ग्यूर्मी ग्याछो र विकास देव योञ्जनले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष तथा गुम्बाका प्रमुख धर्मगुरु रामबहादुर मोक्तानले सभापतित्व मन्तव्य राख्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो।


उत्सव सुसभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न भएको थियो।

Categories: News

Tags:

Home Menu Search Contact