Buddhist Flag
Tamang Buddhist Federation Nepal

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका अध्यक्ष सिंह बहादुर योञ्जन तामाङलाई तामाङ बौद्ध महासंघ नेपाल द्वारा सम्मान गरिएको छ।

Tamang Buddhist Federation Nepal   |   March 10, 2025

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका अध्यक्ष सिंह बहादुर योञ्जन तामाङलाई तामाङ बौद्ध महासंघ नेपाल द्वारा सम्मान गरिएको छ।

सिंह बहादुर योञ्जन तामाङलाई सम्मान

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका अध्यक्ष सिंह बहादुर योञ्जन तामाङलाई तामाङ बौद्ध महासंघ नेपाल (Tamang Buddhist Federation Nepal) द्वारा सम्मान गरिएको छ।

सिंह बहादुर योञ्जन तामाङ विगत लामो समयदेखि तामाङ समुदायको हक, अधिकार सुनिश्चिन्त गराउनुका साथै तामाङ भाषा, लिपि, धर्म, तथा संस्कृतिको संरक्षण र संवर्द्धनका लागि महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा नेपाल सरकारले मान्यता प्रदान गरी सम्भोटा लिपिमा तामाङ भाषाको कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक लेखन तथा प्रकाशन कार्य सम्पन्न गरिएको छ। यस अभियानले देशभरका विभिन्न विद्यालयहरूमा तामाङ मातृभाषा अध्ययन–अध्यापनको अवसर प्रदान गर्दै तामाङ भाषा र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

तामाङ समुदायको पहिचान, भाषा, र संस्कृतिको प्रवर्द्धनमा समर्पित जीवन व्यतीत गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उहाँलाई तामाङ बौद्ध महासंघ नेपालले उच्च सम्मान प्रदान गरेको हो। हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष २१५२ औं सिङ मा डुल ल्हो (स्त्री काष्ठ सप वर्ग) ग्याल्पो ल्होसार को शुभ अवसरमा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरी तथा श्रद्धेय बौद्ध धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्युको हातबाट उहाँलाई सम्मान प्रदान गरिएको थियो।

यो सम्मानले तामाङ समुदायको भाषा, लिपि, धर्म, र संस्कृतिको संरक्षणका लागि सिंह बहादुर योञ्जन तामाङले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँको अनुकरणीय नेतृत्वको प्रशंसा गरेको छ।

Categories: News

Tags:

Home Menu Search Contact