Tamang Buddhist Federation Nepal | March 30, 2026
सुसभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा जुगल गाउँपालिका वडा नं. ६, बिशिंखारमा सञ्चालित तीन महिने निःशुल्क बौद्ध धर्म प्रशिक्षण शिविर हिजो मिति २०८२ चैत्र १५ गते आइतबार भव्य र सभ्य रूपमा समापन सम्पन्न भएको छ।

यस समापन कार्यक्रममा तामाङ बौद्ध महासंघ नेपालका सस्थापक अध्यक्ष धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ, महासचिव दिनेश कुमार तामाङ, प्रसाद लो, पूर्ण बहादुर गुरुङ ज्यूको उपस्थित हुनुहुन्थ्यो।


कार्यक्रममा विशेष अतिथिको रुपमा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो तामाङज्यूलाई बोलाइएको भए तापनि अस्वस्थ्यका कारण उहाँ आउन सक्नु भएन भन्ने हामीले जानकारी पायौं।

यस कार्यक्रममा प्रमुख अतिथि धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूले तीन महिनासम्म प्रशिक्षण शिविरमा सहभागी प्रशिक्षार्थीहरूलाई बौद्ध धर्मसम्बन्धी महत्त्वपूर्ण प्रवचनहरू धर्म देशना गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन महासचिव दिनेश कुमार तामाङ ज्यूले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षक, तीन महिना शिविरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, तीन महिना अवधिभर कार्यक्रमलाई भव्य र सभ्य व्यवस्थापन समन्वय गर्नुहुने गुम्बाका प्रमूख लामा गुरु कुमार लामा ज्युलाई तामाङ बौद्ध महासंघले प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

साथै यस कार्यक्रमलाई जुगल गाउँपालिकाले प्रायोजन गरेको हुँदा गाउँपालिकालाई समेत महासंघले विशेष सम्मानपत्र सहित सम्मान गरिएको थियो।

Categories: News
Tags:
April 27, 2026
April 20, 2026
March 27, 2026
March 24, 2026