Buddhist Flag
Tamang Buddhist Federation Nepal

गिरानचौर, सिन्धुपाल्चोकमा प्रवचन तथा सामूहिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Tamang Buddhist Federation Nepal   |   May 9, 2025

गिरानचौर, सिन्धुपाल्चोकमा प्रवचन तथा सामूहिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गिरानचौर, सिन्धुपाल्चोक — २०८२ साल वैशाख २६ गते (शुक्रबार), बुद्ध जयन्तीको पावन अवसरमा मेलम्ची-१२ स्थित गिरानचौरमा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष, बौद्धधर्म गुरु श्रद्धेय खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूको मुखारबिन्दुबाट विशेष प्रवचन तथा सामूहिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


यस अवसरमा धर्मगुरु गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूले बुद्धको जीवनदर्शन, शान्ति, अहिंसा, करुणा र मानवताको महत्वबारे प्रकाश पार्दै आध्यात्मिक ज्ञान र आत्मसाक्षात्कारको मार्ग प्रशस्त गर्नुभएको थियो।


कार्यक्रममा स्थानीय बौद्ध अनुयायी, विद्यार्थी, धर्मप्रेमी तथा समुदायका नेतृत्वकर्ताहरू उपस्थित थिए। प्रवचनपछि सामूहिक प्रश्नोत्तर सत्र सम्पन्न भएर बुद्धधर्म, ध्यान, र दैनिक जीवनमा शिक्षाको प्रयोगबारे जिज्ञासाहरूको समाधान गरिएको थियो।


बुद्ध जयन्तीको यो पुण्य अवसरमा आयोजित यस कार्यक्रमले धार्मिक सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

तामाङ बौद्ध महासंघ नेपाल
मिति: २०८२ वैशाख २६

Categories: News

Tags:

Home Menu Search Contact