Buddhist Flag
Tamang Buddhist Federation Nepal

कोन्ज्योसोम गाउँपालिकामा तामाङ सम्भोटा लिपिको माग गर्दै शिक्षकहरूले बुझाए ज्ञापनपत्र ।

Tamang Buddhist Federation Nepal   |   August 6, 2025

कोन्ज्योसोम गाउँपालिकामा तामाङ सम्भोटा लिपिको माग गर्दै शिक्षकहरूले बुझाए ज्ञापनपत्र ।

कोन्ज्योसोम गाउँपालिकामा तामाङ सम्भोटा लिपिको माग गर्दै शिक्षकहरूले बुझाए ज्ञापनपत्र ।

कोन्ज्योसोम गाउँपालिकामा कार्यरत शिक्षकहरूले हाल प्रयोगमा रहेको तामयिक लिपिलाई हटाई, त्यसको सट्टामा सम्भोटा लिपिलाई अनिवार्य रूपमा लागू गरियोस् भन्ने माग गर्दै गाउँपालिका कार्यालय तथा पाँचवटै वडाका वडा अध्यक्षहरूलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा सम्भोटा लिपि तामाङ समुदायको धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक पहिचानसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उल्लेख गरिएको छ। साथै, उक्त लिपिलाई स्थानीय पाठ्यक्रम, शैक्षिक प्रणाली तथा प्रशासनिक कामकाजमा आधिकारिक रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ।

यसै सन्दर्भमा बुद्धिजीवी शिक्षक वर्गले सबै पक्षले यथार्थ तथ्यमाथि गम्भीर मनन गर्दै आफ्ना भाषा, लिपि र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि जागरूक बन्नुपर्नेमा जोड दिएका छन्।

Categories: News

Tags:

Home Menu Search Contact