सुसभ्य समाज निर्माण गर्ने मूल उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालन गरिएको तीन महिने निःशुल्क बौद्ध धर्म प्रशिक्षण शिविरको समापन कार्यक्रम यही २०८२ चैत्र २२ गते रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका–७, पोङथि काफल डाँडामा आयोजना हुँदैछ।
उक्त कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्यूद्वारा बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन प्रस्तुत गरिनेछ। साथै तीन महिनासम्म सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनेछ।
सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई यस कार्यक्रमकाे गरिमा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दै निमन्त्रणा गर्दछौँ।
आयोजक: तामाङ बौद्ध महासंघ नेपाल
केन्द्रीय कार्यालय: बौद्ध–६, काठमाडौं
प्रायोजक: पिस हिल लमजुङ / नमो बुद्ध धर्म सेन्टर हङ्कङ
व्यवस्थापक टिम: ड्रुक मानी समूह, दोरम्बा शैलुङ–७, काफल डाँडा
सम्पर्क: वीरेन्द्र विक्रम लामा: ९८५११६६५०९
बुद्ध तामाङ: ९८४१५९०२८२, विश्व तामाङ: ९८४०५४८६९९
चन्द्रबहादुर मोक्तान (वडा सदस्य): ९८४९४२६९०२