समापन तथा विशेष धर्म प्रवचन कार्यक्रममा हार्दिक निमन्त्रणा ।
सुसभ्य समाज निर्माण गर्ने मूल उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा सञ्चालित तीन महिने निःशुल्क बौद्ध धर्म प्रशिक्षण शिविरको समापन कार्यक्रम यही मिति २०८२ साल चैत्र १५ गते, आइतबारका दिन सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका वडा नं. ६, विशिङखार स्थित बज्र छ्योलिङ गुम्बामा समापन हुन गइरहेको सबैमा जानकारी गराउँदछौं।
उक्त अवसरमा तामाङ बौद्ध महासंघ नेपालका सस्थापक अध्यक्ष धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ज्यूबाट विशेष बौद्ध धर्म प्रवचन कार्यक्रमसमेत आयोजना गरिएको हुँदा यस गरिमामय कार्यक्रममा यहाँको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध तथा सादर निमन्त्रणा गर्दछौँ।
आयोजक:
तामाङ बौद्ध महासंघ नेपाल
केन्द्रीय कार्यालय: बौद्ध–६, धाराटोल, काठमाडौं
फोन नं.: ०१–५९२२९७७, ९७६७९८८०९३
प्रायोजक:
जुगल गाउँपालिका, सिन्धुपाल्चोक