तामाङ बौद्ध महासंघ नेपालद्वारा आयोजित, बौद्ध धर्मगुरु तथा तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष श्रद्धेय खेन रिन्पोछे गेशे ङिमा तामाङ ज्यूको ५४औं जन्मोत्सवको पावन अवसरमा, हिजो मिति २०८२ साल असार १० गते सम्पन्न जन्मोत्सव तथा भेटघाट कार्यक्रममा विभिन्न स्थानबाट पाल्नुभई उपस्थित हुनुहुने तथा कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनु हुने सम्पूर्ण आदरणीय धर्मगुरुहरू, संस्थापकज्यूहरू, सल्लाहकारज्यूहरू, धार्मिक सदस्यहरू तथा समस्त धर्ममित्रहरूप्रतिहामी पुनः एकपटक हार्दिक धन्यवाद र गहिरो आभार प्रकट गर्दछौं।
यस शुभ अवसरमा तपाईंहरूले दिनुभएको अमूल्य सहयोग, सक्रिय सहभागिता, स्नेह, माया र करुणाप्रति
हामी गहिरो श्रद्धा र सम्मानसहित कृतज्ञता प्रकट गर्दछौं।


























